काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा कैदबन्दी दिँदै आएको छुट नदिने भएको छ । कारागार व्यवस्थापन विभागकाका अनुसार यस पटक संविधान दिवसमा कोही नछुट्ने भएको हो ।
यसअघि सरकारले गणतन्त्र दिवसमा कसैलाई बाँकी सजाय माफी गरेर छाडेको थिएन । त्यसपछि ६२० जनाको सूची निकालेर उजुरी भएको छ । दुई साताअघि थप ४९२ जनाको सूची निकालेर माफी दिने तयारी भएको थियो ।
रिगल छुटेपछि सरकारले ज्यानका पीडितका परिवारसँग सहमति लिएर मात्र छाड्न लागेको छ । सरकारले कूल ११ जना कैदीबन्दीलाई माफी दिने तयारी भए पनि कसैलाई नछाड्ने भएको हो ।