‘छक्का पञ्जा ५’को ‘ब्रेक अप’ गीत सार्वजनिक-Sutra News

‘छक्का पञ्जा ५’को ‘ब्रेक अप’ गीत सार्वजनिक

बुधबार, २ असोज २०८१

बुधबार, २ असोज २०८१

काठमाडौँ । फिल्म ‘छक्का पञ्जा ५’को ‘ब्रेक अप’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीले गरेका छन् ।



गीतमा प्रेम, धोका र विवाहका अनेक पाटोलाई समावेश गरिएको छ । गीतमा आफूसँग प्रेम सम्बन्धमा रहेकी प्रेमिकाले अर्कैसँग विवाह गर्न लागेपछि अभिव्यक्ति पेश गरिएको छ ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा रहेका छन् ।।

सिनेमामा दीपकराज गिरी, वर्षा राउत, माग्ने बुढा मुख्य भूमिकामा देखिएका छन् ।

फिल्ममा अभिनेता दीपक राज गिरीको पटकथा तयार पारेका हुन् भने कथा र संवाद दीपक, केदार र दीलिप तामाङले तयार पारेका थिए । फिल्मलाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मसले वितरण गर्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट