काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाखको चौथो साता राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् ।
यसका साथै उनले महाकाली मेची यात्रा अभियान चलाउने प्रस्ताव पेश गरेका थिए ।