तेस्राे दिन पनि घट्यो सुन–चाँदीको भाउ-Sutra News

तेस्राे दिन पनि घट्यो सुन–चाँदीको भाउ

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला आठ सय रूपैयाँ घटेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला एक लाख ५५ हजार छ सय रूपैयाँमा झरेकाे छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य घटिरहँदा स्थानीय बजारमा चाँदीकाे मूल्य पनि घटेकाे छ । बुधबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट