अखिल क्रान्तिकारीको सम्मेलन गर्न नयाँ मिति तय-Sutra News

अखिल क्रान्तिकारीको सम्मेलन गर्न नयाँ मिति तय

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन गर्न नयाँ मिति तय भएको छ । योसँगै सम्मेलन असोज १० देखि १४ गतेसम्म हुनेछ ।



यसअघि असोज २ गतेदेखि ५ गतेसम्म हुने भनिएको सम्मेलन सरेको हो । अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार सम्मेलनको नयाँ मिति सार्वजनिक भएको हो ।

अखिल क्रातिकारीको पदाधिकारी बैठकले नयाँ मितिको टुङ्गो लगाएको हो । अहिले अखिल क्रान्तिकारीका प्रदेश, जिल्ला र इकाईमा सम्मेलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट