डा. सिके राउतको श्रीमती पुगिन् प्रहरी कार्यालय-Sutra News

डा. सिके राउतको श्रीमती पुगिन् प्रहरी कार्यालय

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी प्रहरी कार्यालय पुगेकी छन् । आफूलाई शान्ति सुरक्षा चाहिएको भन्दै प्रहरी कार्यालयमा पुगेकी हुन् ।



राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएकी हुन् ।

डा. राउतले पनि यसअघि प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ ।

राउतले पत्नी सधै माइती गएकी भन्दै छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् । सिन्धुको माइती भारत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट