काठमाडौँमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा युवकको मृत्यु-Sutra News

काठमाडौँमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा युवकको मृत्यु

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । काठमाडौँ महानगर १६ म्हैपीको विष्णुमती करिडोर सडकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।



बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका १२ का २५ वर्षीय विनोद खड्काको मृत्यु प्रहरीले जनाएको छ ।

उनको ट्रमा सेन्टरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट