१६ देशको राजदूतको नाम अनुमोदन, एक जनाको बारेमा छलफल जारी-Sutra News

१६ देशको राजदूतको नाम अनुमोदन, एक जनाको बारेमा छलफल जारी

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । सरकारले सिफारिस गरेको १६ देशका लागि नेपाली राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।



बिहीबार सिंहदरबारमा बसेको बैठकले १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो ।

शैक्षिक योग्यताको प्रमाण पत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन हुन सकेन ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा समेत छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट