रवि लामिछानेको भने- आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न पाइँदैन-Sutra News

रवि लामिछानेको भने- आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न पाइँदैन

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताएका छन् ।



संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौँमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदावाजी गर्न नपाइने बताएका हुन् ।

दुई तिहाईको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनको दाबी थियो । उनले अहिलकोे अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नु पर्ने धारणा राखे ।

पैसाको बलमा चुनाव जित्ने प्रवृतिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ थियो । उनले राष्ट्रियसभालाई विद्धानको सभा बनाउनु पर्नेमा त्यसो हुन नसकेको जिकीर गरे ।

संविधानको सबल पक्ष समावेशी र समावेशिता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए । उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएकाले समस्या देखिएका बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट