एन्फा महिला लिग- वालिङसँग बागमती युथ क्लब पराजित-Sutra News

एन्फा महिला लिग- वालिङसँग बागमती युथ क्लब पराजित

बिहिबार, ३ असोज २०८१

बिहिबार, ३ असोज २०८१

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।



वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४० औँ मिनेटमा गोल गरिन् । ज्यकिलिन नस्सालीले ५४ र ८३ औँ मिनेटमा गोल गरिन् । जितसँगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौँ स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट