आज मेष, कन्या र धनु राशीलाई लाभलाभै, तपाईको दिन कस्तोे ?-Sutra News

आज मेष, कन्या र धनु राशीलाई लाभलाभै, तपाईको दिन कस्तोे ?

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

आज मिति २०८१ असोज ४ गते शुक्रबार । सन् २०२४ सेप्टेम्बर २० तारिख । नेपाल सम्बत ११४४ तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा काम सम्पादन होला । स्वास्थ्य सबल रहनेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान सम्मान बढ्ला । व्यापारमा भने कममात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि होला ।

बृष

आजको दिन मिश्रित फलदायी रहला । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । धेरै श्रमपछि कममात्र प्रतिफल पाइएला । खर्च केही वृद्धि हुनेछ भने आजको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

आजको दिन अरूको विश्वास जिते पनि आफन्तजनबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । विशेष प्रयत्न गर्दा मौकाको फाइदा भने लिन सकिनेछ । कामको दायित्वका साथै खर्च बढ्नेछ । उत्साहमा कमी आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

जोखिम वृद्धि भएपनि रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । व्यापार तथा उद्योगतर्फ फाइदा छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

विगतको श्रमबाट धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइएला । प्रशंसकहरू बढ्नेछन् भने काममा सहयोगीहरूले साथ दिनेछन् । व्यावसायिक काममा राम्रै फाइदा हुनाले आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । पारिवारिक सुख शांति वृद्धि हुनेछ ।

कन्या

दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित कार्य गर्ने अवसर जुर्ला । सुखद समाचार सुन्न पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव र सुख वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । आफन्तजनबाट सुख मिल्ने योग छ ।

तुला

आजको दिन केही चुनौतीयुक्त रहला । विगतका समस्या बल्झिन सक्छन् भने सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउने योग छ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा–उपासना गर्नाले सुखको अनुभूति होला । केही विवादमा परिने योग छ, सचेतरहनुहोस् । दाम्पत्यजीवन सुखद रहला । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यस्तता वृद्धि भएको महसूस हुनेछ ।

धनु

नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने अवसर जुर्ला । आज आर्थिक अभावले भने अलिक सताउन सक्छ । विशेष कार्यमा मातापिताको सहयोग जुटाउने प्रयत्न गर्नु हितकर हुनेछ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । स्थायी सम्पत्ति जोडिने योग छ । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर

भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । पराक्रम र उत्साह बढ्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । केही परिश्रम परे पनि धन आर्जन भने राम्रैसँग हुने योग छ । नियम कानूनले साथ दिनेछ ।

कुम्भ

दिन मनोरञ्जनपूर्ण रहनेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ, आम्दानी पनि बढ्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नु पर्ने समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आजको दिन दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट