यी हुन् मुटुकाे स्वास्थ्यका लागि अत्यावश्यक भिटामिन-Sutra News

यी हुन् मुटुकाे स्वास्थ्यका लागि अत्यावश्यक भिटामिन

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

आजको समयमा मुटुरोगका बिरामी बढ्दै गएका छन् । ठूला मात्र होइन, युवाहरू पनि यसको सामना गर्न बाध्य छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर मृत्युको प्रमुख कारण नै मुटु रोग बनिरहेकाे छ ।



मुटुरोगको बढ्दो घटनाका पछाडि धेरै कारणहरू छन्, जसमा मुख्यतया: अस्वस्थ जीवनशैली, खानपान र मानसिक तनाव समावेश छ।

भिटामिनको कमीले मुटुलाई पनि कमजोर बनाउने केही अध्ययनले देखाएको छ । यी भिटामिनहरू के हुन् हामी यहाँ बताइरहेका छौं-

मुटुको लागि आवश्यक भिटामिन

भिटामिनहरू शरीरको लागि आवश्यक पोषक तत्व हुन्, जसले शारीरिक कार्यहरू सुचारु गर्न मद्दत गर्दछ। यीमध्ये केही भिटामिनहरू विशेषगरी मुटुको स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छन्। यसमा भिटामिन डी, भिटामिन बी १२ र फोलेट (भिटामिन बी ९) समावेश छन् ।

भिटामिन डीको कमी

भिटामिन डी हड्डीको लागि महत्त्वपूर्ण छ, तर यसले मुटुको स्वास्थ्यलाई पनि असर गर्छ। यसको कमीले उच्च रक्तचापको जोखिम बढाउँछ। अध्ययनले देखाएको छ कि भिटामिन डीको कमीले हृदय रोगको जोखिम ३० प्रतिशतले बढाउन सक्छ।

भिटामिन बी १२ को कमीको प्रभाव

भिटामिन बी १२ मुख्यतयाः मासु र दुग्धजन्य खानेकुरामा पाइन्छ। यसको कमीले रक्तअल्पता र स्नायु प्रणालीमा समस्या निम्त्याउँछ।

यसका साथसाथै शरीरमा भिटामिन बी १२ को स्तर लामो समयसम्म कम रह्यो भने होमोसिस्टिन (एक प्रकारको एमिनो एसिड)को स्तर बढ्न थाल्छ, जुन मुटु रोगको महत्वपूर्ण कारण हो।

फोलेटको कमी

फोलेट, जसलाई भिटामिन बी ९ पनि भनिन्छ, हरियो पातदार तरकारी र सिमीमा पाइन्छ। यसको कमीले रगत पनि गाढा हुन्छ, जसका कारण स्ट्रोक, हृदयाघात र हृदयाघातको जोखिम बढ्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट