लगातार गिरावटपछि ह्वात्तै बढ्याे सुनकाे मूल्य-Sutra News

लगातार गिरावटपछि ह्वात्तै बढ्याे सुनकाे मूल्य

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडाैं । नेपाली बजारमा साताकाे अन्तिम दिन (शुक्रबार) सुनको मूल्य ह्वात्तै बढेकाे छ । उच्च बिन्दुमा पुगेपछि लगातार तीन काराेबार दिनदेखि घटिरहेकाे सुनकाे मूल्य शुक्रबार तोलामै १ हजार ५०० रुपैयाँ बढेको हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम थियो ।

यसअघि भदाै ३१ मा सुन हालसम्मकै उच्च बिन्दुमा थियाे । उक्त दिन सुनकाे मूल्य १ लाख ५७ हजार ३०० रूपैयाँ थियाे ।

शुक्रबारकाे मूल्य भदाै ३१ काे मूल्यभन्दा २०० रूपैयाँले कम हाे ।

सुनकाे मूल्य बढेसँगै शुक्रबार चाँदीकाे मूल्य पनि बढेकाे छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट