काडमाडौँ उपत्यकामा दुई जनाको शव फेला-Sutra News

काडमाडौँ उपत्यकामा दुई जनाको शव फेला

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा दुई पुरुषको शव फेला परेको छ ।



काठमाडौँको टोखा नगरपालिका ३ पञ्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् । बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका ९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिए ।

छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट