सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी-Sutra News

सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह कार्यकारी प्रधानमन्त्री बनेका छन् ।



प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । उनी आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट