सरकारी अस्पतालका डाक्टर निजीमा गए कारवाही हुने-Sutra News

सरकारी अस्पतालका डाक्टर निजीमा गए कारवाही हुने

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पताल गए कारवाही हुने बताएका छन् ।



शुक्रबार चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनु पर्ने भन्दै त्यसविपरीत निजी अस्पतालमा भेटिए कारबाही हुने बताएका हुन् ।

उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदबाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट