एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी-Sutra News

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।



पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन अमेरिकातर्फ प्रस्थान गरेसँगै उनले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई प्रदान गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कार्यवाहक अध्यक्ष पोखरेलले पार्टीको अध्यक्षको जिम्मेवारी लिएका हुन् । ओली असोज १४ गते स्वदेश फर्किंने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट