सहकारी छानबिन समितिको ठहर- रवि लामिछाने आफै दोषी-Sutra News

सहकारी छानबिन समितिको ठहर- रवि लामिछाने आफै दोषी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । सहकारी छानबिन समितिले गोर्खा मिडिया प्रा.लि.को कारोबारमा रवि लामिछानेले गलत कुरा पेश गरेको निष्कर्ष निकालेको छ ।



समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोबारमा जीवी राई जिम्मेवार हुने गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेको दाबी थियो ।

तर, आर्थिक कारोबारको विवरणमा लामिछाने प्रत्यक्ष रुपमा कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष उल्लेख गरेको छ ।

समितिले १६ वटा कारोवारका विवरणहरू प्रतिवेदनमा समावेश गरेको छ । जसअनुसार कूल २३ करोड ७९ लाखको कारोबार भएको देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट