सहकारी छानबिन समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)-Sutra News

सहकारी छानबिन समितिको ११ सय २४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौं । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।



११ सय २४ पष्ठ लामो समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

सहकारी हिनामिना प्रकरणमाथि छानबिन गर्न दलीय सहमतिमा सांसद सूर्य थापा नेतृत्वमा समिति बनेकाे थियाे ।

समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछानेसहित चार जना सञ्चालकलाई कारबाही सिफारिस गरेको छ ।

सहकारी छानबिन समितिकोपूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिकगर्नुहोला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट