रवि लामिछानेसँग संसदीय समितिकाे ५१ वटा प्रश्न (बयानको पूर्णपाठ)-Sutra News

रवि लामिछानेसँग संसदीय समितिकाे ५१ वटा प्रश्न (बयानको पूर्णपाठ)

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार लामिछानेलाई समितिले विभिन्न ५१ वटा प्रश्न साेधेकाे छ ।



जसका उनले गितेन्द्रबाबु राईले आफूलाई आकर्षक तलब दिने भनेपछि ग्यालेक्सी टेलिभिजनमा जोडिएको बताएका छन्। लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको दाबी गरेका छन् ।

बयानमा क्रममा उनले सहकारी ठगीमा आफू निर्दोष रहेको दाबी गरेका हुन् ।

‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’

लामिछाने प्रबन्ध निर्देशककाे पदमा बहाल रहँदा गोर्खा मिडियामा सहकारीकाे १७ करोड ३१ लाख रुपैयाँ भित्र्याइएको तथ्य भेटिएकाे छ । उक्त कुरा लामिछानेकै बयानबाट पुष्टि हुन्छ । तर, लामिछानेले भने त्याे रकम कसरी भित्रियाे भन्नेबार जानकार नभएकाे दाबी गरेका छन् ।

लामिछानेकाे बयान पृष्ठ ८११ देखि ८२७ सम्म

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट