यी हुन् सहकारी ठगी प्रकरणमा फरार भएका आरोपीहरू-Sutra News

यी हुन् सहकारी ठगी प्रकरणमा फरार भएका आरोपीहरू

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ ।



नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा छन् । उनीहरुलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिइएको छ ।

फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङसमेत छन् ।

१, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी)राई, हाल मलेसिया ।

२, सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।

३, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।

४, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।

५, शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन (तामाङ), हाल भारतरयुरोप रहेको आशंका ।

६, इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।

७, सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।

८, सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,

९, दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।

१०, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।

११, नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।

१२, मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।

१३, कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।

१४, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।

१५, प्रभु सेभिङ्ग एण्ड क्रेडिट को९अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।

१६, मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।

१७, आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।

१८, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।

१९, सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।

२०, क्यापिटल सेभिड एण्ड क्रेडिट को९अपरेटिभका दिनेश पौडेल ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट