४६ प्रश्न गर्दा २४ प्रश्नमा दिपेश पुनकाे एउटै जवाफ !-Sutra News

४६ प्रश्न गर्दा २४ प्रश्नमा दिपेश पुनकाे एउटै जवाफ !

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडाैं । संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव एवम् नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता  दिपेशकुमार पुनसँग समितिले ४६ प्रश्न गरेको छ ।



प्रतिवेदनअनुसार पुनले ४६ प्रश्नमध्ये २४ प्रश्नको जवाफ एउटै दिएका छन् । उनले २४ प्रश्नकाे जवाफमा ‘यसबारे मलाई जानकारी छैन’ भनेका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग समितिले साउन ३२ गते बयान लिएको थियो । पुनले आफ्नो जानकारीबिना सचिव राखिएको र पछि आफूले राजीनामा दिएको पनि दाबी बयानमा गरेका छन् ।

सहकारीका अध्यक्ष जीबी राईसँगकाे सम्बन्धकाे बारेमा उनले आदिवासी–जनजातिको कार्यक्रममा भेट भएर चिनजान भएको बताएका छन् । यद्दपि बाँकी काराेबारमा जानकार नभएकाे दाबी गरेका छन् ।

‘तपाईंको सहकारी संस्थाले बचतकर्ताको बचत संकलन गरी गितेन्द्रबाबु राई समेतले सञ्चालन गरेका विभिन्न कम्पनीमा सोझै र व्यक्तिको नाममा ऋण खडा गरी त्यस्ता कम्पनीहरूमा ऋण प्रवाह गरेको देखिन्छ । के कुन कम्पनीमा के–कति ऋण प्रवाह गर्नुभएको छ ?’ भन्ने प्रश्नको जवाफमा पुनले सरलरूपमा ‘यसबारे मलाई जानकारी भएन’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट