गोर्खा मिडियामा रवि लामिछानेको तलब पाँच लाखभन्दा बढी-Sutra News

गोर्खा मिडियामा रवि लामिछानेको तलब पाँच लाखभन्दा बढी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधिमा एक करोडभन्दा बढी तलबमात्रै बुझेको खुलासा भएको छ ।



सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा एक करोड चार लाख ३६ हजार रुपैयाँ तलब बुझेको देखिएको हो ।

आर्थिक वर्ष २०७७/७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ रुपैयाँ लिएका थिए ।

उनले २०७७ माघ १ देखि ०७९ असार असार गतेसम्म गोर्खा मिडियामा आबद्ध भई काम गरेका थिए । यस अवधिमा उनले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिएको हो ।

मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)ले आर्थिक वर्ष २०७८/७९मा ३० लाख रुपैयाँ तलब लिएको देखिएको छ ।

गोर्खा मिडियाले सञ्चालन हुँदा करिब १५ करोड रुपैयाँ तलबमा मात्रै खर्च भएको देखिएको छ । गोर्खा मिडियाका लागि विभिन्न सहकारीबाट अवैध रुपमा रकम आउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामछानेमाथि कारवाही गर्न संसदीय समतिको प्रतिवेदनमा सिफारिस भएको छ । उनी पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट