भिभो भि ४० सार्वजनिक, प्री–बुकिङ गर्दा उपहारै उपहार-Sutra News

भिभो भि ४० सार्वजनिक, प्री–बुकिङ गर्दा उपहारै उपहार

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौं । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौंस्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै भिभो भी ४० सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भि ४० मा व्यवसायीक प्रोटेट सिस्टमसहितको फोटोग्राफीको सुविधा भएको कम्पनीले जनाएको छ ।



भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ‘थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको कम्पनीले जनाएको छ । जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्ने कम्पनीको दाबी छ ।

इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको प्राेटेट फोटोग्राफीको लागि तयार पारिएको कम्पनीको भनाई छ । जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको बताइएको छ ।

भिडियो प्रेमीहरूका लागि, जाइस् फोकस ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडियो सङ्कलन गर्न मिल्ने बताइएको छ । किनकि यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्ने कम्पनीको भनाई छ ।

जाइस्को सिनेमेटिक भिडियोमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणको लागी २ः३९ः१ आस्पेक्ट रेसियोमा भिडियो खिच्न सकिन्छ । फोटोग्राफी तर्फ भने यसमा एफ्÷१.८८ अपर्चर सहितको १÷१.५६ इन्चको सामसुङ आइसोसेल जिएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरा रहेको छ । जसले कम प्रकाशमा पनि स्पष्ट प्रोटेटहरू खिच्न सक्ने कम्पनीले बताएको छ ।

भिभो ४० मा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ ।

औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ आकर्षक छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा एजि फ्लोराइट शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित, भिभो भि४० मा १२+१२ जि बी को विस्तारित र्‍याम रहेको छ, जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूको लागी ठुलो मेमोरी स्पेसको लागी सहज हुने कम्पनीले जनाएको छ ।

६५ हजार ९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा आकर्षक उपहार पाइने कम्पनीले जनाएको छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने जनाइएको छ ।

कम्पनीले जनाएअनुसार पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ । भिभो भि४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट