बेरुजु बढेपछि सरकारले ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने-Sutra News

बेरुजु बढेपछि सरकारले ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१
काठमाडौँ । सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्य क्षेत्र तोक्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, “आगामी कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैँक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उपप्रधानमन्त्री एंव अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।”
मन्त्रिपरिषद्ले नेपाल इन्टरनेट मोडल यातायात विकास, काठमाडौँलाई दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट