माधव नेपालको आक्रोश- पार्टीकै नेताले निराशा पैदा गर्ने काममा छुट हुँदैन-Sutra News

माधव नेपालको आक्रोश- पार्टीकै नेताले निराशा पैदा गर्ने काममा छुट हुँदैन

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले पार्टीभित्रको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् ।



पार्टीको बागमती प्रदेश कमिटीले शुक्रबार आयोजित दशौँ राष्ट्रिय महाधिवेशनको सन्देश सभा कार्यक्रममा अध्यक्ष नेपालले पार्टीकै नेता तथा कार्यकर्ताबाट पार्टीप्रति निराशा पैदा गर्ने काम भएको भन्दै अराजक गतिविधिलाई छुट नदिने स्पष्ट पारे ।

महाधिवेशनमा पराजय भएकाले पार्टीका केही नेताहरूको गम्भीर अभिव्यक्ति बाहिर आएको र त्यसले तरंग पैदा गरेको उनको भनाइ थियो । उनले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुँदै गएको जिकीर गरे ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट