जीबी राईले खोज्दै आएको रविको दाबी-Sutra News

जीबी राईले खोज्दै आएको रविको दाबी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राईबीच न्युज२४ टेलिभिजनमा हुँदा चिनजान भएको जनाइएको छ ।



संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सवाल-जवाफको नवौँ प्रश्नमा रविले आफूहरूबीच भएको भेटबारे जानकारी दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले छविलाल जोशीमार्फत भेट भएको बताए ।

उनले आफूहरूबीच नेपालकै एक नम्बर हुने गरी विश्वस्तरीय टेलिभिजन खोल्ने प्रस्ताव आएको बताए । यस क्रममा आफूलाई आकर्षक तलब र सुविधासहित शेयर प्रस्ताव आएको बताएका थिए ।

गितेन्द्रबाबु राईसँग तपाईंको के कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के-कसरी प्रवेश गर्नु भयो ? भन्ने प्रश्नमा लामिछानेले भने, “गितेन्द्रबाबु राई (जीबी राई)सँग चिनजान हुँदाका बखत म न्युज२४ टेलिभिजनमा सञ्चारकर्मी थिएँ, एउटा राम्रो टेलिभिजन सञ्चालन गर्ने भन्दै छबिलाल जोशीमार्फत गितेन्द्रबाबु राई मलाई खोज्दै आउनु भएको थियो, आकर्षक तलब सुविधा र शेयरसमेत दिने प्रस्ताव गर्नुभयो, मैले उक्त प्रस्ताव उचित ठानी ग्यालेक्सी ४के टेलिभिजनमा काम गर्ने निधो गरेपछि व्यावसायिक साझेदारीमा प्रवेश गरेका थियौँ ।”

यस्तै, उनले आफूलाई जानकारी भएसम्म सहाकारीले शेयर सदस्यबाहेक कसैसँग कारोबार गर्न नपाउने थाहा पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट