महिला फुटबल- एपीएफ विजयी-Sutra News

महिला फुटबल- एपीएफ विजयी

शुक्रबार, ४ असोज २०८१

शुक्रबार, ४ असोज २०८१

काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपीएफले कोशी प्रदेशमाथि ८-० को जित निकाल्यो ।



प्रतियोगितामा यो एपीएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपीएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा सात खेलपछि एपीएफले १९ अंक जोडेको छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा छ ।

एपीएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट