ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु-Sutra News

ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगर १ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।



हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगर ११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट