अनेरास्ववियु ‍(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा-Sutra News

अनेरास्ववियु ‍(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।



क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिइन् । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको हो ।

सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

उनका अनुसार यस पटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनु पर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सिंहका अनुसार सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट