यो साता पनि बढ्यो सुनको मूल्य-Sutra News

यो साता पनि बढ्यो सुनको मूल्य

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेपाली बजारमा पछिल्लो कारोबारको दिन सुनको मूल्य एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अघिल्लो शुक्रबारको तुलनामा प्रतितोला ८०० रुपैयाँ बढी हो ।

अघिल्लो शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँ रहेको थियो ।

पछिल्लो समय नेपाली बजारमा सुनकाे मूल्य भारी मात्रामा वृद्धि हुँदै आएको छ । हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको मूल्य पछिल्लो पटक एक लाख ५७ हजार १०० तोकिएको हो ।

यस्तै, अघिल्लो शुक्रबार एक हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी यो साता एक हजार ९१५ रुपैयाँ पुगेको थियो । यो साता चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट