डिभोर्स गर्न हेलिकोप्टर चढेर पुगेका थिए जीबी, रिसोर्टमा दिए पार्टी-Sutra News

डिभोर्स गर्न हेलिकोप्टर चढेर पुगेका थिए जीबी, रिसोर्टमा दिए पार्टी

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । जीबी राईले श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) गर्न हेलिकोप्टर चढेर ओखलढुंगा पुगेको खुलेको छ । उनको डिभोर्स गर्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनले साथ दिएका थिए ।



जीबीले भगवती बम्जनसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमतीलाई डिभोर्स दिएका हुन् । भगवतीलाई वैधानिक श्रीमती बनाउन पहिलो श्रीमतीसँग डिभोर्स गरेका हुन् ।

आफूलाई दीपेशको टोलीले साथ दिएपछि पोखरास्थित फूलबारी रिसोर्टमा डिभोर्स पार्टी भएको थियो । उनकै सहयोगमा जीबी राईले पहिलो श्रीमतीसँग डिभोर्सको मुद्दा जितेका थिए ।

जीबीले जेठी श्रीमतीलाई डिभोर्समा ३० लाख रुपैयाँ दिने सहमति भएको थियो । उक्त मुद्दा जिताएवापत ‘बक्सिस’मा जीबीले दीपेशहरूको टोलीलाई पार्टी दिएका थिए ।

उनले पार्टीका लागि १० लाख रुपैयाँ खर्च गर्न दिएको ‘पार्टी’मा चार लाख ९० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट