एमाले र माओवादीको बाटो हिँडे देश सफल हुँदैन- नेता सिटौला-Sutra News

एमाले र माओवादीको बाटो हिँडे देश सफल हुँदैन- नेता सिटौला

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

 



काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा एमाले र माओवादी केन्द्रले देखाएको बाटो हिँडे देश सफल नहुने दाबी गरेका छन् ।

कांग्रेसको झापा-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिटौलाले कांग्रेसले यसअघि माओवादी र अहिले एमालेसँग सहकार्य गरे पनि उनीहरूको बाटो हिँडे देश सफल नहुने बताएका हुन् । कांग्रेसले देखाएको बाटोमा अरू दल हिँडे मात्रै देश सफल हुने उनको भनाइ थियो ।

उनले अन्य दललाई बाटो देखाउने गरी कांग्रेसले आफ्नो रणनीति तयार गर्नु पर्ने धारणा राखे । उनले संविधान संशोधन र देशको विकासका लागि सबै दलहरूलाई सहमतिमा लिएर अघि बढ्नु पर्नेमा जोड दिए ।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको बताउँदै दोषीले उन्मुक्ति नपाउने बताए । उनले प्रतिवेदनको कार्यान्वयन अघि कसैले क्लिन चिट पाएको दाबी नगर्न सुझाव दिएका थिए ।

शर्माले सहकारी प्रकरणमा नाम आउने बितिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानविन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानविनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट