देशलाई संकटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो- मन्त्री गुरुङ-Sutra News

देशलाई संकटबाट जोगाउन कांग्रेस-एमालेको सरकार बनेको हो- मन्त्री गुरुङ

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउन कांग्रेस-मालेको संयुक्त सरकार गठन भएको दाबी गरेका छन् ।



लमजुङ-बेँसीसहर नगरपालिका ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, ‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्ने छ ।’

मन्त्री गुरुङले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने बताए ।

मन्त्री गुरूङले संघीयता, धर्म निरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल नहुने बताउँदै ती विषय संविधानबाट हटाउने कुरा कल्पना गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट