एन्फा महिला लिग- संकटा र नेपाल पुलिस क्लब विजयी-Sutra News

एन्फा महिला लिग- संकटा र नेपाल पुलिस क्लब विजयी

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६-० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् ।

ममता पुन र पूर्णीमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ । सुदूरपश्चिमको यो लगातार सातौँ हार हो ।

त्यस्तै, दोश्रो खेलमा पुलिस क्लबले वालिङ नगरपालीकालाई २-० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट