सांसद दाहालको दाबी- सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन-Sutra News

सांसद दाहालको दाबी- सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन

शनिबार, ५ असोज २०८१

शनिबार, ५ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् ।



रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजित कार्यक्रममा उनले लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको दाबी गरेका हुन् । गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनको भनाइ थियो ।

सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए । जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नभेटिएको नेता दाहालको भनाइ छ ।

साथै, उनले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट