भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते-Sutra News

भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौँ । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना भएको छ । घटनामा सात जना घाइते भएका छन् ।



नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका ८ सुडाल हनुमान चोकमा बा १८ च २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई दुर्घटना भएको हो । कार सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरी प्रभाग सुडालले जनाएको छ ।

झापा दमक नगरपालिका १० घर भएकी निशा श्रेष्ठका नाममा रहेको कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट