प्रिसेसनमा नेप्सेमा उत्साह, आजको कारोबार कस्तो रहला ?-Sutra News

प्रिसेसनमा नेप्सेमा उत्साह, आजको कारोबार कस्तो रहला ?

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । प्रिसेसनमा २४.५३ अंकले बढ्दै नेप्से २६०१.२९ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा कारोबार रकम पनि उत्साहपूर्णरुपमा बृद्धि भएको छ । ३४ हजार ८४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ करोड १५ लाख ५६ हजार रुपैयाँको भयो ।

यो सेसनमा विशेषगरी बैंकिङ्ग समूहमा उत्साहपूर्ण कारोबार भयो । प्रिसेसनमा १९ बैंकमध्ये १८ बैंकको किनबेच भएको छ ।

प्रिसेसनमा कारोबारमा आएका ९२ कम्पनीमध्ये ७० कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर छ ।

यसअघि गत साताको अन्तिम कारोबार दिन (बुधबार) नेप्से ४ अंकले घट्दै २५७६.७६ को बिन्दुमा झरेको थियो । निरन्तर गिरावटका बिच नेप्सेमा कारोबार रकम पनि निकै घटेको थियो । उक्त दिन कारोबार रकम जम्मा ५ अर्ब ५४ करोड रुपैयाँको भएको थियो ।

यद्यपि, आजको प्रिसेसनसँगै नेप्सेले गति लिने देखिएको छ । अर्थमन्त्रीको सक्रियता र राष्ट्र बैंकमार्फत आउनसक्ने नयाँ निर्णयको चर्चाका बिच नेप्सेमा उत्साह देखिएको हो । बजार विश्लेषकहरुले आजको कारोबारसँगै नेप्सेले पुरानै गति लिने अनुमान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट