सुनको मूल्यमा फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । स्थानीय बजारमा साताकाे पहिलाे काराेबार दिन (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ । लगातार बृद्धिका बिच सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



शुक्रबारको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँले बढ्दै आइतबार सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँ पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढी हो। यसअघि गत भदौ ३१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य रेकर्ड राख्ने गरी बृद्धि भइरहँदा आइतबार चाँदीको मूल्य पनि केहीले बढेकाे छ। आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो। आइतबारकाे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढी हाे ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट