अर्थमन्त्रीको सक्रियतासँगै नेप्सेमा जाग्यो आशा, थामियो पहिरो-Sutra News

अर्थमन्त्रीको सक्रियतासँगै नेप्सेमा जाग्यो आशा, थामियो पहिरो

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । निरन्तर गिरावटका बिच साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको बृद्धि भएको छ । आइतबार ११.५८ अंकले बढ्दै नेप्से २५८८.३५ को बिन्दुमा उक्लिएको छ ।



प्रिसेसनमा २४.४३ अंकले बढेको नेप्से कारोबार सुरु भएको ५ मिनेटमै २६४३.८३ को बिन्दुमा उक्लिएको थियो । यद्यपि, जुन बृद्धि कायमै रहन सकेन । ७३ अंकको उतारचढावसँगै अन्तिम १२ मिनेटको समयमा नेप्से बढ्न सफल भएको हो ।

लगातार गिरावटका बिच गत भदौ २७ मा नेप्से ७८.३१ अंकले बढेको थियो । तर, त्यसयता नेप्से लगातार घट्यो । १११ अंक बढीको गिरावटपछि आइतबार नेप्सेमा सुधार आएको हो ।

उच्च उतारचढावको प्रभाव आज कारोबार रकम भने बढ्न सकेन । एक करोड २४ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९ लाखमै सीमित बन्यो । जुन दुई महिनायताकै कम हो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १३८ को मूल्य बढ्यो भने ९४ कम्पनीको मूल्य घट्यो । आज १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १३ समूहमध्ये पाँच समूहको मूल्य घट्यो भने ८ समूहको मूल्य बढ्यो । बैंक समूह १.०१ प्रतिशतले बृद्धि हुँदा अन्य सबैजसो समूहमा १ प्रतिशत मुनिकै घटबढ भयो ।

आज इष्टन हाइड्रो, आत्मनिर्भर लघुवित्त र उपर सांगी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा रावा इनर्जी डेभपलपमेन्ट, स्वरोजगार लघुवित्त र एनआइसी एसिया फण्डको मूल्यमा उच्च गिरावट आयो ।

अर्थमन्त्रीको सक्रियता र राष्ट्र बैंकमार्फत आउनसक्ने नयाँ निर्णयको चर्चाका बिच नेप्सेमा केही सुधार आएको हो । यद्यपि, चाडपर्वको प्रभावले गर्दा नेप्सेले अपेक्षाकृत गति लिन नसकेको बजार विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट