दुर्गा प्रसाइँ पक्राउ-Sutra News

दुर्गा प्रसाइँ पक्राउ

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइँ पक्राउ परेका छन् । आइतबार प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।



प्रसाइँलाई पक्राउ गर्ने क्रममा उनका समर्थक विरोधमा उत्रिएका थिए । सोक्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

राजसंस्थाको पक्षमा वकालत गर्दै आइरहेका प्रसाइँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अभियान नै चलाएका थिए । उनको अभद्र अभियानका बिच नै प्रसाईंविरुद्ध विभिन्न उजुरी परेका थिए ।

यद्यपि, प्रहरीले रास्वपा केन्द्रीय सदस्य टिका संग्रौलासहित विभिन्न व्यक्तिको उजुरीको आधारमा पक्राउ गरेको हो । प्रसाईँले संग्रौलाको चरित्रहत्या गर्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिलाई लिएर परेको उजुरीमा गत बुधबार काठमाडौं जिल्ला अदालतबाट उनीसहित तीन जनालाई पक्राउ गर्न अनुमति दिएको थियो । प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।

प्रसाईंलगायत विरूद्ध विद्युतीय कारोबार ऐनअनुसारको उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट