बन्दीपुरहिलमा दशैं सांस्कृतिक एवम् देवी लिला कार्यक्रम हुने-Sutra News

बन्दीपुरहिलमा दशैं सांस्कृतिक एवम् देवी लिला कार्यक्रम हुने

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । पहाडकी रानी उपमाले प्रशिद्ध बन्दीपुर जाने प्रवेशद्धार केवलकार चोक वटम स्टेशन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवम् देवीलिला प्रर्दशनी हुने भएको छ । २०८१ असोज १९ गते देखि २४ गते फुलपाती सम्म ६ दिन प्रदर्शनी आयोजना गरिएको हाे ।



मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुती समेत रहने जनाइएकाे छ । जनाइएअनुसार नाम चलेका कलाकारहरुको प्रस्तुति कार्यक्रममा हुने छ र साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवी लिला नाटक मंचन गरिने छ ।

असत्य माथी महाकाली बनेर दुष्ट राक्षशको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेको देवीको लिलाको भब्य प्रदर्शनी गरिने जनाइएकाे छ । दशैंलाई बिजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुरा को बयान नाटकले गर्नेछ।

२० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरुलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दावी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केवलकारको टिकट छ भने निःशुल्क हुनेछ । अन्य अवस्थामा १०० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।

कार्यक्रमको आयोजना बन्दीपुरहिलले गरेको छ भने केवलकार र ड्राईभ ईन रेष्टुरेण्टले प्रर्वधन गरेका छन् ।

कार्यक्रममा आकर्षणहरुको रुपमा मुख्य आकर्षण देवी लिला नाटक ५ दिन, पाँच दिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रर्दशनी, स्थानीय कला एवं सांस्कृतिक प्रर्दशनी, दशैं हाट बजार, वाल उद्यांन, विङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरु रहने छन् ।

यस मेलाको धार्मिक आकर्षण मां खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केवलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट