गृहमन्त्रीकाे निर्देशनलगत्तै पूर्वडीआईजी छविलाल जोशी पक्राउ-Sutra News

गृहमन्त्रीकाे निर्देशनलगत्तै पूर्वडीआईजी छविलाल जोशी पक्राउ

आइतबार, ६ असोज २०८१

आइतबार, ६ असोज २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे ।



प्रहरी स्रोतका अनुसार जाेशीलाई कास्की प्रहरीको पत्रका आधारमा पक्राउ गरिएकाे हाे । उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको बुझिएकाे छ ।

सहकारी ठगी सम्बन्धी छानबिन गर्न गठित संसदीय छानबिन समितिले जाेशीलाई सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको ठहर गरेकाे थियाे ।

जाेशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।

आइतबार मात्रै गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका थिए । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन गरेसँगै गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

संसदीय समितिले जाेशीसहित गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकहरूलाई कारबाहीकाे लागि सिफारिस गरेकाे छ । जसमा रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पनि छन् । जाेशी पक्राउसँगै लामिछाने पनि पक्राउ पर्ने सम्भावना बढेर गएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट