आज तपाईको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईको दिन कति शुभ, राशिफलमा के छ ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

आज मिति २०८१ असोज ७ गते सोमबार । सन् २०२४ सेप्टेम्बर २३ तारिख । नेपाल सम्बत ११४४ षष्ठी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ, धैर्यले काम लिनुहोला । यात्रा(व्यवस्थापनमा खर्च बढ्न सक्छ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपरे पनि हौसला कायम रहनेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काममा थप प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ ।

बृष

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा फाइदै हुनेछ । तर यात्रागत कार्यमा सरिक हुनुपर्ने योग छ । यात्रामा धनमाल हराउन सक्ने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नाले उत्साहको अवस्था रहला ।

मिथुन

प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय भएपनि छरछिमेकमा केही असमझदारी बढ्ने देखिन्छ । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ, सचेत रहनुहोला । व्यावसायिक यात्राको सम्भावना छ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया पनि अघि बढ्न सक्ने देखिन्छ । कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । रोकिएका काम पनि सम्पादन होलान् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पराक्रम वृद्धि भइ कामहरू बन्लान्, तर विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख मिल्न सक्छ, सचेत रही कार्य गर्नुहोला ।

सिंह

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । प्रयत्न गर्दा नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ने योग छ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । दौडधुप एवम् जोखिम बढ्नेछ, तथापि रसरागको कार्यक्रममा आकर्षण रहला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै अरुको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दाम्पत्य सुख बढ्नेछ भने प्रेम भाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । परिवामा सुखशान्ति रहला ।

तुला

शुभदायी दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला ।

बृश्चिक

समय केही चुनौतीयुक्त छ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्नेछ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, धैर्यता राख्नुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । पराक्रमात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खर्च वृद्धि हुन सक्ने योग रहेकोले योजना र बजेट बनाइ खर्च गर्नुहोला ।

धनु

व्यस्तता बढ्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । आश मारेको कामले उत्साह जगाउनेछ । काममा मातापिताको सहयोग प्राप्त हुने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ भने नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य पनि सबल रहनेछ । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ, शत्रुवक्ष परास्त हुनेछ ।

कुम्भ

चुनौती बढे पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

शुभता वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ भने बौद्धिकतासम्बन्धित काममा सफलता प्राप्त होला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । सुखविलासको भाव वृद्धि हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट