आज केही प्रदेशमा वर्षाको सम्भावना, भोलिको मौसम कस्तो ?-Sutra News

आज केही प्रदेशमा वर्षाको सम्भावना, भोलिको मौसम कस्तो ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । जसका कारण देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशको पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सम्पूर्ण प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट