प्रिसेसनमा लगातार उत्साह, के होला आजको कारोबार ?-Sutra News

प्रिसेसनमा लगातार उत्साह, के होला आजको कारोबार ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । प्रिसेसनमा १९.५० अंकले बढ्दै नेप्से २६०७.८५ को बिन्दुमा उक्लिएको छ ।



विशेषगरी यो सेसनमा बैंक र लगानी समूहमा उत्साहपूर्ण कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये अधिकांश नै बैंक र लगानी समूहको रहेका छन् ।

कारोबारमा आएका ६० कम्पनीमध्ये यो सेसनमा ४२ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको स्थिर रहेको छ ।

२६३५ कित्ता सेयर किनबेच हुँदा यो सेसनमा कारोबार रकम ११ लाख ८२ हजार ७७८ रुपैयाँको भयो ।

यसअघि साताको पहिलो कारोबार दिन (आइतबार) उच्च अकंको उतारचढावका बिच नेप्से ११.५८ अंकले बढेको थियो । प्रिसेसनसँगै उत्साहपूर्ण बृद्धि भएको नेप्सेमा दिनभर घटेर अन्तिम समय बृद्धि भएको थियो ।

दोहोरो अंकले बढेपनि नेप्सेमा कारोबार रकम भने बढ्न सकेन । आइतबारको कारोबार रकम दुई महिनायताकै कम हो ।

लगातार गिरावटका बिच अर्थमन्त्री विष्णु पौडेलले बजारमा देखिएका समस्याबारे सरोकारवालासँग छलफल बढाउँदै गर्दा लगानीकर्ता केही उत्साहित देखिएका छन् । यद्यपि, चाडपर्वको प्रभाव नेप्सेमा ठूला लगानीकर्ता सक्रिय हुन सकिरहेका छैनन् । जसको प्रभाव उत्साहजनक बृद्धि हुन सकिरहेको छैन ।

तर, पछिल्लो सक्रियताले पारेको प्रभावले बजारलाई जबरजस्त अगाडि बढाउने प्रर्यत्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट