एकपछि अर्को रेकर्ड बनाउँदै किन बढिरहेको छ सुनको मूल्य ?-Sutra News

एकपछि अर्को रेकर्ड बनाउँदै किन बढिरहेको छ सुनको मूल्य ?

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।

आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।

सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरिरहँदा स्थानीय बजारमा आज भने चाँदीको मूल्य स्थिर छ । आज अघिल्लो दिनकै मूल्यअनुसार प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नै निरन्तर बढिरहेको छ । विशेषगरी मध्यपूर्वमा देखिएको संकटसँगै सुनको मूल्य उचाईमा छ ।

बढ्दो द्वन्द्वका बिच लगानीकर्ताले सुनलाई सुरक्षित मान्दा माग बढेसँगै सुनको मूल्य आकासिन थालेको हो । अर्कोतर्फ विश्वका केन्द्रीय बैंकहरुले ब्याजदर घटाउँदा पनि सुनको मूल्य प्रभावित भएको जानकारहरु बताउँछन् । ब्याजदर घटेसँगै लगानीकर्ताले सुनमा लगानी गरिरहेको जानकारहरुको भनाई छ ।

नेपालमा एक वर्षअघि सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ हाराहारीमा थियो । जसको दरलाई हेर्दा एक वर्षकै तुलनामा सुनको मूल्य झण्डै ४६ हजारले बृद्धि भएको छ ।

स्थानीय बजारमा मूल्य बृद्धिमा भन्सार दरको बृद्धि पनि जोडिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट