मिसेस नेपाल वर्ल्डका २९ फाइनलिस्ट घोषणा (नामसहित)-Sutra News

मिसेस नेपाल वर्ल्डका २९ फाइनलिस्ट घोषणा (नामसहित)

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२४’ मा २९ जना सुन्दरी भिड्ने भएका छन् । काठमाडौंमा आयोजित समारोहमा आयोजक रिवन इन्टरटेनमेन्टले प्रतियोगी अंक (स्यास) वितरण गरेको छ ।



विवाहित महिलाको यो सौन्दर्य प्रतियोगितामा डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स र गृहिणी छन् ।

जसमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ, उषाकिरण अधिकारी, सिर्जना व्यञ्जनकार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, विनिता ढकाल, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा, एलिना घिमिरे छन् ।

कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा फिनाले आयोजना हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । यो वर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डका सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट