‘सहकारी ठगीमा रवि पूर्ण दोषी छन्, तथ्य नबुझ्नेले निर्दोष भनेका हुन्’-Sutra News

‘सहकारी ठगीमा रवि पूर्ण दोषी छन्, तथ्य नबुझ्नेले निर्दोष भनेका हुन्’

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

सहकारी संस्था बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति २०८१ को प्रतिवेदन सार्वजनिक भएपछि पुरै देश पक्ष/विपक्षमा विभाजित छ । प्रतिवेदनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूले उन्मुक्ति पाएको र समिति तथा अन्य पक्षले दोषी ठहर भएको रूपमा व्याख्या गरिरहेका छन् ।



यता प्रहरीले भने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी गरेको देखिन्छ । वास्तवमा प्रतिवेदनको मर्म के हो ? रवि के कारण, कति र कसरी दोषी हुन् ? उनलाई के कारबाही हुन्छ ?

प्रस्तुत छ यी विषयमा केन्द्रित रहेर संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापासँग सरोज कोइरालाले गरेको कुराकानीको मुख्य अंश:

छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि रवि पक्षधरहरूले पनि आफू अनुकूल व्याख्या गरे, रवि विरोधीहरूले पनि आफू अनुकूल व्याख्या गर्न भ्याए । तपाईँले पछिल्लो समय दिएका अन्तर्वार्ता र अभिव्यक्तिलाई पनि त्यसरी नै दुवै पक्षले व्याख्या गरिरहेका छन् । कस्तो प्रतिवेदन ल्याउनुभयो ? 

उहाँहरूलाई चार वटा खण्डको अध्ययन गर्न म आग्रह गर्छु । एउटा गोरखा मिडियाको वित्तीय व्यवस्थापनसम्बन्धी, अर्को गोरखा मिडिया नेटवर्क सहकारी कारोबार, त्यसपछि निष्कर्ष र सिफारिस । यति नहेरीकन खण्ड १७ हेरेर त्यहीँ मक्ख पर्ने, १८ हेरेर त्यतै हराउने देखिएको छ । नेपाली समाजमा भेडा जमात उत्पन्न भएको छ । यसलाई मैले ‘भेज’ भन्ने गरेको छु । तथ्यमा नपस्ने, के लेख्या छ राम्रो अध्ययन नगर्ने अनि आफू अनुकूलको क्लिप भाइरल बनाएर मक्ख पर्ने । यो सब अध्ययन नगरी भेडा जमातले गरेको कुरा हो ।

खण्ड १७ हेरेर त्यहीँ मक्ख पर्ने, १८ हेरेर त्यतै हराउने देखिएको छ । नेपाली समाजमा भेडा जमात उत्पन्न भएको छ । यसलाई मैले ‘भेज’ भन्ने गरेको छु । तथ्यमा नपस्ने, के लेख्या छ राम्रो अध्ययन नगर्ने अनि आफू अनुकूलको क्लिप भाइरल बनाएर मक्ख पर्ने । यो सब अध्ययन नगरी भेडा जमातले गरेको कुरा हो । 

रविको संलग्नता कहाँ केमा देखियो ? र, केमा चाहिँ उनको संलग्नता देखिएन त ? 

रवि आफैले उपस्थित भएर नागरिकता पेस गरेर हस्ताक्षर या ल्याप्चे लगाएर ऋण लिएको देखिएन । तर, ६ वटा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ४० लाख ऋण आएको छ । रवि लामिछाने सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खातामा आएको छ । तर, ऋणपत्रमा बुटवल ११ ठेगाना लेखाएको रवि लामिछानेलाई उहाँले म चिन्दिन भनेर भन्नुभयो ।

ऋणपत्रमा उल्लेख भएको बुटवल ११, श्रृजनाचोक, पोखरा कास्कीको रवि लामिछाने र मण्डनदेउपुर काभ्रेमा जन्मिएर महाँकाल काठमाडौँमा स्थायी ठेगाना भएको, हाल सिजि हिल्स बुढानिलकण्ठमा बसिरहेको रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने अनि गोर्खा मिडिया नेटवर्कको एमडी रवि लामिछाने एउटा हो कि दुइटा हो कि तीन वटा हो भन्ने कुरा महत्वपूर्ण कुरा हो । हामीले प्रतिवेदनमा एक भएको तथ्यसहित राखिदिएका छौँ ।

उहाँले आफैले स–शरीर ऋण नलिए पनि ऋणपत्रमा उहाँको नाम उल्लेख भएको छ । त्यो ऋणबापतको रकम उहाँले एकलरूपमा चलाउन सक्ने गोरखा मिडिया नेटवर्कको खातामा आएको छ । र, उहाँले हस्ताक्षर गरी त्यो पैसा चलाउनुभएको छ । आफैँ विश्लेषण गर्नुस्, उहाँ कति दोषी भनेर । यसको दोषी जिवी, रवि, छवि र रम्तेल हुन् ।

ऋणपत्रमा उल्लेख भएको बुटवल ११, श्रृजनाचोक, पोखरा कास्कीको रवि लामिछाने र मण्डनदेउपुर काभ्रेमा जन्मिएर महाँकाल काठमाडौँमा स्थायी ठेगाना भएको, हाल सिजि हिल्स बुढानिलकण्ठमा बसिरहेको रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने अनि गोर्खा मिडिया नेटवर्कको एमडी रवि लामिछाने एउटा हो कि दुइटा हो कि तीन वटा हो भन्ने कुरा महत्वपूर्ण कुरा हो । हामीले प्रतिवेदनमा एक भएको तथ्यसहित राखिदिएका छौँ ।

राष्ट्रिय जनमोर्चाले विज्ञप्ति निकालेर समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । तर, विज्ञप्तिमा स्पष्टसँग भनिएको छ समिति रविलाई उन्मुक्ति दिन गठन गरिएको थियो भनेर । तपाईँ त सभापतिमा चयन हुनुभएको व्यक्ति, के उन्मुक्तिका लागि गठन भएको हो ? र अहिले रवि सत्ताबाहिर भएका कारण डाम्न खोज्नुभएको हो ?

अब मोहन विक्रमलाई लेख्न तथ्य चाहिँदैन र चित्रबहादुर केसीलाई बोल्न तथ्य चाहिँदैन । चित्रबहादुर केसीले समितिको प्रतिवेदन ठिक भएकाले कार्यान्वयन गर्न माग गरे पनि तपाइले भने जस्तो आरोप लगाउनुभएको मैले पनि देखेँ । म आश्चर्यमा परेको छु ।

तर, रवि लामिछाने गृहमन्त्री हुँदासम्म त बयानका लागि बोलाउनु भएन । सरकारबाट बाहिरिएपछि बोलाउनुभयो । यसको अर्थ ? 

तपाईँले रेकर्ड हेर्न सक्नुहुन्छ, हामीले गृहमन्त्री हुँदा नै बयानका लागि बोलाएका हौँ । तर वहाँले अति व्यस्त भएकाले पछि आउँछु भनेकाले हामीले जोड जबरजस्ती गरेनौँ । एक अनलाइनले त रविलाई झन्डा हल्लाउँदै समितिमा बयानका लागि बोलाउने सूर्य थापाको चाल असफल भनेर समाचारै पनि छापेको छ । मसँग लिङ्क छ, तपाइले चाहे उपलब्ध हुन सक्छ ।

छानबिनको नेतृत्व गर्दा तपाईँले देशभरकै सहकारीको अवस्था बुझ्ने मौका पाउनुभयो । वास्तवमा कस्तो छ सहकारीको अवस्था ? 

बिजोग छ । बचतकर्ता सारै पीडित छन् । किर्ते छ, जालसाँझी छ, ठगी छ, प्रचलित कानुन विपरीत अपचलन गरिएको छ ।

हामीले गृहमन्त्री हुँदा नै बयानका लागि बोलाएका हौँ । तर वहाँले अति व्यस्त भएकाले पछि आउँछु भनेकाले हामीले जोड जबरजस्ती गरेनौँ । एक अनलाइनले त रविलाई झन्डा हल्लाउँदै समितिमा बयानका लागि बोलाउने सूर्य थापाको चाल असफल भनेर समाचारै पनि छापेको छ । मसँग लिङ्क छ, तपाइले चाहे उपलब्ध हुन सक्छ । 

सहकारीको यो अवस्था हुँदा पनि राजनीतिक नेतृत्व र नियामक निकायले बेवास्ता गरे । यिनलाई चाहिँ कारबाही कसले गर्ने ? 

हामीले विगतका अध्ययन प्रतिवेदन समेत खोजेर, तीनको अध्ययन गरेर, र तीनले सुझाएका कुराहरू कहाँ पुगे आदि समेत उल्लेख गरी अहिलेको प्रतिवेदनमा समेत समेटेका छौँ । र, अब के गर्नुपर्छ भन्ने कुरा स्पष्ट राखेका छौँ । अब यो कार्यान्वयन हुन्छ ।

कार्यान्वयनको ग्यारेन्टी ?

यो प्रतिनिधिसभाले गठन गरी प्रतिनिधिसभाले अपनत्व ग्रहण गरेको प्रतिवेदन हो । प्रतिनिधिसभा र राष्ट्रियसभाको वेबसाइटमा समेत राखिएको छ । हिजो जस्तो दराजको कुनामा थन्क्याइएको प्रतिवेदन होइन । हेर्नुहोला कार्यान्वयनमा जान्छ ।

विस्तृत कुराकानी भिडियोमा …

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट