दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट-Sutra News

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट

सोमबार, ७ असोज २०८१

सोमबार, ७ असोज २०८१

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् ।



अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार रिट निवेदन परे पनि दर्ता भने भइसकेको छैन ।

प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि निवेदनसँगै बुझाएका छन् ।

विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेकाे थियाे । प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएकाे थियो ।

आइतबार पक्राउ परेका प्रसाइँलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट